थानकोटमा एक्सटेन्सन काउन्टर सञ्चालन गर्दै राष्ट्रिय बीमा कम्पनी लिमिटेड
थानकोट ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चन्द्रागिरि नगरपालिका-०३ थानकोटमा एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने भएको छ ।
सोमबार एक सूचना जारी गर्दै कम्पनीले घर भाडामा लिन सिलबन्दी आह्वान गरेको हो ।
नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटबाट करिब १ सयदेखी २ सय मिटर वरपरको क्षेत्रमा कम्पनीले घर भाडामा लिन चाहेको सो सूचनामा उल्लेख छ ।













