डाटा इन्ट्री गर्न बागमती प्रदेशले माग्यो १ सय जना कर्मचारी, असार २४ गतेसम्म दरखास्त दिन पाइने
थानकोट ।
बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता रहेका सवारीसाधनको अभिलेखलाई डिजिटलाइज गर्ने भएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अभिलेख डिजिटलाइज गर्न डाटा इन्ट्रिकर्ता भर्ना गरी प्रदेशमा दर्ता रहेका सवारी अभिलेखको डिजिटलाईजेसन प्रक्रिया अघि बढाउन लागेको हो । जसका लागि मन्त्रालयले मंगलबार १ सय जना कर्मचारी माग गर्दै सूचना जारी गरेको छ ।
खुला प्रतिस्पर्धाद्धारा करारमा ती कर्मचारी भर्ती गरिने मन्त्रालयलले जारी गरेको सूचनामा उल्लेख छ ।
१ सय जना डाटा इन्ट्रीकर्ता कर्मचारीका लागि दरखास्त मागिएपनि थप ५० जना निवदेकलाई आवश्यकता अनुसार रोष्टरमा राखिने मन्त्रालयको सूचनामा उल्लेख छ ।
सो पदमा कक्षा १२ वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तीमा ३ महिना तालिम लिएका वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो तहमा कम्प्युटर विषय उत्तीर्ण गरेका इच्छुक १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेका नेपाली नागरिकहरूले असार २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।
छनौट भएका उम्मेदवारहरूले सवारी अभिलेखको डिजिटलाईजेसन तथा आर्किभिङ सम्बन्धी कार्यविधि, २०८० मा उल्लेख भए अनुसार पारिश्रमिक उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
(फाराम भर्न यो लिंकमा क्लिक गर्नुहोस)
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय जारी गरेको सूचना हेराैंः














