तीस दिनभित्र दोहोरो पद छोड्न सहकारीका सञ्चालकलाई चन्द्रागिरि नगरपालिकाको निर्देशन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले सहकारी विभागले बुधबार जारी गरेको एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने निर्देशन कार्यान्वयन गर्न सम्बन्धित सबैमा सचेत गराएको छ ।

विभागले ३० दिनको समय दिएर कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई बुधबार निर्देशन दिएको थियो ।

सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिएका छन् । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ ।

यो निर्देशन कार्यान्वयन भए-नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । 

चन्द्रागिरि नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै सहकारी विभागको निर्देशन पालना गर्न नगर क्षेत्रमा सञ्चालनमा रहेका सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई अनुरोध गरेको हो । 

चन्द्रागिरि नगरमा विभिन्न प्रकृतिका १४६ वटा सहकारी नगरपालिकाको नियमन क्षेत्रमा रहेको बताइएको छ ।

चन्द्रागिरि नगरको नियमन क्षेत्रमा डेढ सय सहकारी, कुनै वडामा २ सहकारी कुनैमा २२ वटा

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *