नैकापस्थित सान कलेजमा भोलि शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
थानकोट।
नैकापस्थित सान इन्टरनेशनल कलेजले भोलि (शनिबार) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
शिविरमा रेडियोग्राफी, मधुमेह जाँच, दन्त सेवा, गाइनो सेवा, ई. ए. टि. सेवा सञ्चालन हुने कलेजले जनाएको छ ।
शिविरमा आँखा जाँचसमेत गरिनेछ ।
सो क्रममा मोतियाबिन्दु पहिचान भएमा निःशुल्क शल्यक्रियाका लागि सहजीकरण गरिने कलेज प्रमुख डा. सुभाष घिमिरेले जानकारी दिनुभयो ।














