३५ दिनभित्र मनोरञ्जन कर चुक्ता गर्न ४४ वटा दोहोरी तथा क्लबलाई काठमाडाैं महानगरको सूचना

Thankot Times

थानकोट । 

काठमाडाैं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ३५ दिने सूचना जारी गरेको छ ।

महानगरले मंगलबार एक सूचना जारी गर्दै बागमती प्रदेश, आर्थिक ऐन २०८० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित फोन तथा माैखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने ४४ वटा क्लब र दोहोरी साँझहरू नामनै प्रकाशित गरेको हो ।

महानगरले ३५ दिन भित्र कर नबुझाएमा आर्थिक ऐन २०८० को दफा २१ बमोजिम कारबाही हुने व्यहोरा समेत जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *