आज सुनचाँदीको मूल्य कति पुग्यो ?

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामने घटेको छ ।

बुधबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४४ हजार एक सय रूपैयाँमै कारोबार भएको छ ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *