सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ ।

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९ नाै सय रुपैयाँमा कारोबार भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर कारोबार भएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ७० मा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *