आज नेपाली बजारमा कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
थानकोट।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य घटेको छ ।
अघिल्लो कारोबार दिन गत शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।
आज आइतबार तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।














