सुनको मूल्यमा नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । 

यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रूपैयाँ रहेको थियो । 

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज प्रतितोला १० रूपैयाँले बढेर तोलाको १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *