पेट्रोलको भाउ प्रतिलिटर ४ र डिजेलको भाउ प्रतिलिटर ३ रुपैयाँले बढ्यो
थानकोट ।
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
आज (सोमबार) बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।














