सुनको मूल्य उकालो लाग्ने क्रम जारी
थानकोट ।
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ ।
चाँदी आज प्रतितोला १० रूपैयाँले घटेर तोलाको १ हजार ८ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














