डेढ दशकपछि अभिनयमा चन्द्रागिरिकी पुजा चन्द, ‘तेल भिसा’मा अभिनय देख्न पाइने
थानकोट ।
एक समयकी चर्चित अभिनेत्री पुजा चन्द यतिबेला नेपालमा छिन् ।
उनी अहिले शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘तेल भिसा’को छायाँकनको लागि नेपाल आएकी हुन् ।
यो चलचित्रको पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो । हिजो सोमबारबाट यो चलचित्रको चितवनमा दोस्रो चरणको छायांकन सुरु भएको छ । यही चलचित्रको नेपालको छायाँकनको लागि नेपाल आएको अभिनेत्री पुजाले बताएकी छिन् ।
अभिनेत्री पुजा डेढ दशक अघि नै अमेरिका गएकी हुन् । त्यसपछि उनी त्यहाँ आफुलाई स्थापित गर्नमै व्यस्त भईन् । यो बीचमा केही भिडियोमा देखिए पनि उनी चलचित्रमा शिर्ष भूकिामा आएकी थिईनन् । अमेरिकामा बस्दै आएकी अर्की अभिनेत्री ऋचा घिमिरे र उनका पति एवम् निर्देशक शँकर घिमिरेले नयाँ चलचित्र तेल भिसा निर्माणको घोषणा गरे । अमेरिकामै निर्माण हुने यो चलचित्रमा आफुलाई प्रस्ताव आएपछि तेल भिसामा काम गरेको यी अभिनेत्रीले बताएकी छिन् ।

पुजा चन्दले लामो समयपछि चलचित्रमा आउँदा यो क्षेत्रमा धेरै परिवर्तन आएको बताएकी छिन् । नेपाली चलचित्र उधोगमा नयाँ पुस्ताका धेरै कलाकारहरु आएकाले उधोग नै नयाँ लाग्न थालेको यी अभिनेत्रीको कथन छ । यो चलचित्रको छायाँकनको लागि गत साता नै काठमाडौं आएकी उनी चलचित्रको काम सकेर उनी लगत्तै अमेरिका फर्कने छिन् ।
यसैबीच आईतबार चलचित्र तेल भिसाको फस्ट लुक्स सार्वजनिक गरिएको छ ।
फस्ट लुक्स (पोष्ट)मा पुजालाई हतकडी लगाएको महिलाको रुपमा प्रस्तुत गरिएको छ । यस अघि २९ भदौमा रिलिज हुने भनिएको चलचित्र तेल भिसा अब ७ मंसिरमा सार्वजनिक गर्ने यसका निर्देशक शँकर घिमिरेले बताएका छन्. राजधानीमा खबर छ । ।
यो चलचित्रमा पुजा चन्दसँगै विपिन कार्की, वर्षा राउत, बुद्धि तामाङ, ऋचा घिमिरेलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा अभिनेता विपिन कार्की दोहोरो भुमिकामा प्रस्तुत हुनेछन् ।
यसमा केही विदेशी कलाकारलाई पनि राखिएको छ ।













