नेपाली बजारमा सुनको मूल्य तोलाको डेढ लाख रुपैयाँ नजिक
थानकोट ।
नेपाली बजारमा सुनको भाउ उकालो लाग्ने क्रम जारी छ ।
आज बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन हिजो मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।














