लगातार उकालो लागेको सुनचाँदीको मूल्यमा सामान्य गिरावट
थानकोट ।
आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार सुन तोलाको ३ सय रूपैयाँले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














