आठाैं दक्षिण एशियाली कराँते च्याम्पियनसीपः मच्छेगाउँका स्वर्णिमले जिते २ स्वर्ण

Thankot Times

थानकोट ।

भुटानमा जारी आठाैं दक्षिण एशियाली कराँते च्याम्पियनसीप-२०२४ मा नेपालका खेलाडीहरूले १२ विधामा ८ स्वर्ण जितेका छन् ।

प्राप्त विवरण अनुसार अलिसा रासकोटी महिला एकल काता, स्वर्णिम मानन्धर पुरुष एकल काता, रेनिशा रिमाल जुनियर महिला एकल काता, मनिष कार्की यू-२१ एकल काता, सन्जु देसार यू-२१ महिला एकल काता, अमृत थोकर जुनियर पुरुष एकल काता, प्रजिस्मा श्रेष्ठ महिला क्याडेट एकल काता, रेहन जवेद पुरुष क्याडेटमा स्वर्ण जित्न सफल भएका छन् ।

टीम कातामा नेपालले चार स्वर्ण जितेको छ ।

जसअन्तर्गत महिला र पुरुष दुवै समुहमा स्वर्ण जितेको हो ।

नेपालले हालसम्म ८ स्वर्ण र चार रजत जितेको प्रशिक्षक मण्डेकाजी श्रेष्ठले जानकारी दिनुभयो । साउन १ गतेबाट सुरु प्रतियोगिता साउन ५ गतेसम्म जारी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *