काठमाडाैंको सीतापाइलामा नेपाली सेनाले सञ्चालनमा ल्यायो पेट्रोल पम्प

Thankot Times

थानकोट ।

राजधानीको सीतापाइलामा नेपाली सेनाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा रिपुमर्दिनी पेट्रोल स्टेसन सञ्चालनमा ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

शुक्रबार उक्त पेट्रोल पम्पको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गरे ।

५० हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त पेट्रोल पम्प सर्वसाधारणले समेत उपभोग गर्न पाउने सेनाले जनाएको छ ।  सेनाको यसअघि नै काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।

यसैबिच शुक्रबार नै प्रधान सेनापतिले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत समुद्घाटन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *