आज सुनचाँदीको मूल्य कति छ ?
थानकोट ।
आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ ।
सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।
चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














