कुखुराको मासुको मूल्य प्रति केजी ८० रूपैयाँ घट्यो
थानकोट ।
नेपालमा कुखुराको मासुको मूल्य घटेको छ ।
साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो ।
असारमा ४ सय २० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३ सय ४० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।
अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ ।
यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रुपैयाँ थियो । हाल दुई सय ५० रुपैयाँ मूल्य रहेको उनको भनाइ छ ।














