मच्छेगाउँमा समाजसेवी ईशा गुरुङ र सुनिता गुरुङको भव्य स्वागत

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित नेपाल सांस्कृतिक कला मन्दिरले सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

संस्थाले बुधबार मच्छेगाउँमा समाजसेवाको क्षेत्रमा परिचित व्यक्तिहरू ईशा गुरुङ र सुनिता गुरुङको सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा चन्द्रागिर नगरका जनप्रतिनिधिहरू क्रमश चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, प्रल्हाद रिजाल, नरेन्द्रराज श्रेष्ठ, घनश्याम लुँइटेल लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी स्थानीय बुद्धिजिवी, समाजसेवी तथा विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ता एवं स्थानीयहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रम अघि गुरुङ द्वयको नगर परिक्रमा समेत गराइएको थियो । सो क्रममा स्थानीय बाजा खल तथा महिला समुहले परम्परागत झाँकी समेत देखाएका थिए ।

सम्मान कार्यक्रमपछि संक्षिप्त प्रतिक्रिया दिँदै गुरुङ द्वयले समाजसेवामा आफ्नो लगाव कुनै स्वार्थका लागि नभएकोले सामाजिक सञ्जालमा आउने नकरात्मक प्रतिक्रियाले स्तब्ध बनाएको बताए ।

सुनिता गुरुङ (इजरायल) र ईशा गुरुङ (बेलायत) परदेशमा कर्म गरिरहेपनि नेपालमा परोपकारको क्षेत्रमा क्रियाशील छन् ।

नेपाल साँस्कृतिक कला मन्दिर मौलिक धर्म, संस्कृति एवंम् परम्परा संवर्द्धन र संरक्षणमा कार्य गरिरहेको संस्था हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *