सुनकाे भाउ बढ्याे

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो काराेबार दिन गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी एक हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *