यसकारण नागढुङ्गाबाट समातिए २१ वर्षीय गणेश
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्रामसहित एक जना युवा पक्राउ परेका छन् ।
कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले सो पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६९४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सिघाललाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान जारी रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।













