सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार सुनको भाउ तोलाको ४ सयले बढेर एक लाख ४६ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४५ हजार ७ सय रहेको थियो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १ हजार ७ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














