चन्द्रागरि क्षेत्रमा बिहानैदेखी भारी वर्षा, कस्तो रहला दिनभरको माैसम ?
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा मंगलबार बिहान भारी वर्षा भएको छ । अहिले वर्षा केही कम भएतापनि पानी पर्ने क्रम भने रोकिएको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
आंशिकदेखि साधारणतया बदली रहँदा बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।
विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।













