नागढुङ्गामा जडान भयो सवारी साधनको इम्बोस्ड नम्बर प्लेट ट्रयार्किङ गेट

Thankot Times

थानकोट ।

राजधानी काठमाडाैं भित्रने प्रमुख सडक मार्ग नागढुङ्गा नाकामा इम्बोस्ड नम्बर प्लेटका गाडीलाई ट्र्याक गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेट सञ्चालनमा ल्याइएको छ । 

यातायात व्यवस्था विभागका अनुसार, काठमाडौं प्रवेश गर्ने नाका थानकोट (नागढुङ्गा) र नागार्जुनमा आरएफआईडी गेट सञ्चालानमा ल्याइएको हो ।

उपत्यकाका पाँच ठाउँमा बनाइनुपर्ने यस्ता गेट अब साँगा, ग्वार्काे र बल्खुमा निर्माणको तयारीमा विभाग रहेको छ ।

अमलेखगन्जमा पनि उक्त गेट बनाइँदैछ ।

इम्बोस्ड नम्बर प्लेट जडान गरिएका सवारीसाधन निगरानी गर्न सहज हुने १०० आरएफआईडी डिभाइसमध्ये पाँचवटा ट्राफिक प्रहरीलाई बुझाइएको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ