पोखरीमा डुबेर बाडभञ्ज्याङमा १६ महिने बालकको मृत्यु

Thankot Times

थानकोट ।

पोखरीमा डुबेर बाडभञ्ज्याङमा एक बालकको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर श्रवण वली गम्भीर घाइते भएका थिए ।

रोल्पाको त्रिवेणी गाउँपालिका-१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवणको उपचारको क्रममा बुधबार कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *