नागढुङ्गाको चेकपोष्ट सार्न आवश्यक छ- शंकर भण्डारी

Thankot Times

थानकोट । 

नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले नागढुङ्गामा हुँदै आएको सवारी साधनको चेकजाँच गर्ने स्थल परिवर्तन गर्न अत्यावश्यक रहेको बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले बुधबार नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडकखण्ड बारेमा गरेको छलफलमा बोल्दै सांसद् भण्डारीले सो भनाइ राखेका हुन् ।

उकालो सडकमा भारी वजनका सवारी साधन आवतजावत गर्दा नागढुङ्गामा अन्य सवारी साधन सञ्चालनमा समस्या देखिएकोले सवारी साधनको जाँचस्थल स्थानान्तरणका लागि सोच्नुपर्ने बताए । उनले सवारी साधनको जाँच गर्ने विकल्पका बारेमा समेत सोच्न आवश्यक रहेको धारणा राखेका थिए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले नागढुङ्गा सुरुङ मार्गमा स्थानीयले उठाएका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने बताइन्।  

उनले विकास जनताका लागि भएकाले जनताको घरबास उठाउने गरी विकास आवश्यक नभएको बताइन्।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सदस्यहरूले अघिल्लो साता नागढुङ्गा सुरुङ मार्गको स्थलगत अवलोकन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *