१० दिनभित्र त्रिभुवन पार्कको अवस्था जाँचबुझ प्रतिवेदन बुझाउन पर्यटन मन्त्रालयको निर्देशन

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठानको जाँचबुझ गरी प्रतिवेदन बुझाउन पर्यटन कार्यालय काठमाडाैंको नाउँमा पत्र काटेको छ ।

बुधबार मन्त्रालयबाट काटिएको पत्रमा थानकोटस्थित सो पार्क प्रदेश सरकारको गत जेठ २ गतेको निर्णयानुसार प्रदेश सरकारले व्यवस्थापन गर्ने गरी जिम्मेवारी तोकिएको उल्लेख छ ।

पत्रमा हाल पार्कमा भाैतिक संरचनाहरू निर्माण भएकोले सो सम्बन्धमा आवश्यक अध्ययन गरि १० दिन भित्र प्रतिवेदन गर्न मन्त्रालयका सचिवस्तरको बैठकले निर्णय गरेको बताइएको छ ।

पछिल्लो समय त्रिभुवन पार्क व्यवस्थापन कसले कसरी गर्ने भन्ने सन्दर्भमा खिचातानी जारी रहँदा पार्क व्यवस्थापनमा भद्रगोलको अवस्था देखिँदै आएको छ ।

यसैगरी मन्त्रालयले त्रिभुवन पार्कका नाउँ समेत पत्र काटेको छ ।

पत्रमा पार्क क्षेत्रमा मन्त्रालयको स्वीकृति बेगर भाैतिक संरचना निर्माण भएकोले सो कार्य रोक्न, जग्गा तथा स्थीर सम्पत्तिको संरक्षण गर्न, अवैध रूपमा निर्माण भएका घरटहरा लगायतका संरचना तत्काल हटाउन समेत ध्यानाकर्षण गराइएको मन्त्रालयका अधिकृत उत्तम चापागाँईले जानकारी दिए ।

तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ