सुनको मूल्य नयाँ उचाइमा, नेपालमा सुन तोलाको डेढ लाख रूपैयाँ पुग्ने संघारमा
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ बिन्दु छोएको छ ।
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।
आज सुनको भाउ प्रतितोला डेढ लाख रूपैयाँ नजिक पुगेको छ।
लगातार नयाँ कीर्तिमान बनाइरहेको सुनको मूल्य आज शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
यसअघि गत साउन २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
सो दिन सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो कीर्तिमान भन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा भने सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको महासंघको भनाइ छ ।














