आज मातातिर्थ कुण्डमा सन्ध्याकालिन गंगा आरती आयोजना हुने

Thankot Times

थानकोट ।

मातातीर्थ कुण्डमा क्षेत्रमा आज साँझ गंगा आरती आयोजना हुँदैछ ।

हरेक महिना औंशीको दिन पारेर आयोजना हुने आरती आज हुन लागेको मातातीर्थ संरक्षण विकास संस्थाका अध्यक्ष शान्त उदासको भनाइ छ ।

यसअघि मातातिर्थ औंशीका दिन, जेठ २४ गते र असार २१ गते औंशीका दिन मातातीर्थ कुण्डमा सन्ध्याकालिन गंगा आरतीको आयोजना गरिएको थियो ।

सो क्रममा हजाराैं जनाले सन्ध्याकालीन आरती अवलोकन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *