सुनको मोल तोलाको डेढ लाख
थानकोट।
आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।
सोमबार सुनको मूल्य तोलामा ३ सयले बढेर प्रति तोला एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदी आज प्रतितोला १ हजार ७ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














