सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले गिरावट
थानकोट ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार पुगेको थियो ।
यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १ हजार ७ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














