प्रधानमन्त्री ओलीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्का हवाई दुर्घटना हुनु दुःखद् भएको बताएका छन् ।
उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।















