सडकमा कुकुर छाड्ने प्रवृत्ति बढेपछि चन्द्रागिरि नगरले कुकुरमा माइक्रो चिपिङ अनिवार्य गर्दै

Thankot Times

थानकोट ।

सडकमा कुकुर छाड्ने प्रवृत्ति बढेपछि चन्द्रागिरि नगरपालिकाले नगरबासीले पालिरहेका कुकुरको विवरण संकलन गर्ने भएको छ ।

नगरको गत चैत्र २५ गते बसेको कार्यपालिका बैठकले घरपालुवा कुकुरहरूलाई छाेड्ने प्रवृत्ति नियन्त्रण गर्न कुकुर पाल्ने घरधनीले स्वीकृति लिन र उक्त कुकुरमा माइक्रो चिपिङ अनिवार्य गर्ने निर्णय गरेको थियो ।

जसअनुसार कुकुर पालक घरधनीहरूले ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा पुगी कुकुरको विवरण टिपाउन सबैमा अनुरोध गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ