नेपाली बजारमा सुनको मूल्य बढ्यो
थानकोट।
कारोबार हुने साताको छैटाैं दिन आज शुक्रबार नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा बढोत्तरी भएको छ ।
आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन हिजो बिहीबार सुनको भाउ तोलाको १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ तोलाको १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।
हिजो बिहीबार चाँदी तोलाको १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।














