ट्रकमा काठमाडाैंतर्फ आउँदै गरेका गीताप्रसाद नागढुङ्गा नाकामा समातिए

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा नाकाबाट एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६१९ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्दा सो ट्रकमा ३ किलाे गाँजा बरामद भएकाे थियो ।

प्रहरीले सो परिमाणको लागूऔषध सहित ट्रकमा सवार धादिङ जिल्ला गजुरी गाउपालिकाका ४५ वर्षीय गीताप्रसाद ढुंगानालाई नियन्त्रणमा लिएकाे हो ।

ढुंगानाकाे साथमा रहेको झोलाबाट २ वटा प्लाष्टिकमा पोको पारिएको अवस्थामा ३ किलो २ सय ५० ग्राम गाँजा फेला परेकाे हो।

उनीमाथि प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *