तपाँईसँग पनि चन्द्रागिरि हिल्सको ‘आईपीओ’ छ कि ? खोज पत्रकारिकता केन्द्रको यो रिपोर्ट पढाैं

Thankot Times

थानकोट । 

नेप्सेमा सूचीकृत २४८ वटा कम्पनीमध्ये ७३ वटा कम्पनीले अहिलेसम्म पनि लगानीकर्तालाई लाभांश दिएका छैनन्। तर पनि तिनै कम्पनीको मूल्य प्रतिकित्ता औसतमा ५५७ रुपैयाँ छ।

अहिलेसम्म लाभांश नदिने कम्पनीहरूमा आइएमई ग्रूपले प्रवर्द्धन गरेको चन्द्रागिरि हिल्स, पञ्चकन्या ग्रूपको पञ्चकन्यामाई हाइड्रो पावर लिमिटेड, पशुपति मुरारका लगायतको मोदी इनर्जी लिमिटेड, गोल्यान ग्रूपको सिटी होटल लि., संघाई ग्रूपको ग्रीन भेन्चर लिमिटेड, शंकर ग्रूपको हिमालयन लाइफ इन्स्योरेन्स लगायत छन्।

कुनै बेला बजारमा स्थापित नेकोन एअर, बाँसबारी छाला जुत्ता, विराट शू, अरुण वनस्पति उद्योग लगायत कम्पनीहरू अहिले बन्द भइसकेका छन्। मोरङ सुगर मिल्स, विराटनगर जुट मिल, श्रीराम सुगर मिल्स लगायत ५६ वटा कम्पनीका लगानीकर्ताले लगानीको प्रतिफल त पाएनन् नै, उनीहरूको साँवा समेत डुबेको छ। 

नेपाल मेड लिमिटेड, एस ल्याबरोटोरिज (नेपाल) लिमिटेड, बाँसबारी लेदरेज (छाला) लिमिटेड, काठमाडौं पाउरोटी उद्योग, पोखरा पाउरोटी उद्योग, हेटौंडा छाला उद्योग लि., इन्द्रेणी सोयाबिन लि., एभरेस्ट उल उद्योग, एग्रो नेपाल, हिमगिरि टेक्सटायल, पोखरा पाउरोटी उद्योग, नेपाल ट्रेड एन्ड टेम्पल लि. जस्ता कम्पनीको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा विस्तृत विवरण भेटिंंदैन।

पछिल्लो समयमा प्राथमिक शेयर जारी गरी सर्वसाधारणसँग रकम उठाएका कम्पनीमध्ये केहीले इतिहास दोहोर्‍याउने अवस्था देखिएको छ। बलियो नियमन र संस्थागत सुशासनको अभावमा अहिले पनि सर्वसाधारण लगानीकर्ता ठगिने जोखिम बाँकी नै छ खोजपत्रकारिता केन्द्रको यो रिपोर्ट हिमाल खबरमा प्रकाशित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *