सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज बुधबार सुनको मूल्य घटेर कारोबार भएको छ ।

छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बुधबार नेपाली बजारमा चाँदी प्रतितोला एक हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो मंगलबार नेपालमा चाँदी प्रतितोला एक हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *