थानकोटसहित आयल निगमका ६ डिपो प्रमुखको सरुवा

Thankot Times

थानकोट ।

नेपाल आयल निगम लिमिटेडले ६ डिपो प्रमुखको सरुवा गरेको छ ।

निगम व्यवस्थापनले मंगलबार साँझ गरेको निर्णयअनुसार मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज, कोशी प्रादेशिक कार्यालय, विराटनगर, कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, नेपालगन्जको इन्धन डिपो, बागमती प्रादेशिक कार्यालय थानकोट लगायतका कार्यालयका प्रमुखको सरुवा भएको हो । 

नेपालगन्जको इन्धन डिपोमा प्रबन्धक मनोहर डिसी र हवाई इन्धन कार्यालयमा सहायक प्रबन्धक मोहनविक्रम खड्कालाई पठाइएको छ । डिसी केन्द्रीय कार्यालय र खड्का बागमती प्रादेशिक कार्यालय, थानकोटमा कार्यरत छन् ।

झापाको चारआलीस्थित शाखा कार्यालय प्रमुखमा गीता सापकोटा धिताललाई पठाइएको छ । त्यहाँ कार्यरत शरण भट्टराईलाई केन्द्रीय कार्यालयको गुणस्तर विभाग तानिएको छ । भट्टराईले दुःख दिएको भन्दै सरुवा गर्न पूर्वका व्यवसायी र कर्मचारीले समेत व्यवस्थापनलाई सुझाएका थिए नयाँ पत्रिकामा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *