चन्द्रागिरि क्षेत्रमा बिहान चर्को घाम, दिउँसो हल्कादेखि मध्यम राति भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

चन्द्रागिरि सहित काठमाडाैं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले माैसम सफा छ ।

देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा केही  स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *