नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैटाैं दिन नेपाली स्थानीय बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

यही साउन २९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो ।

शुक्रबार सुनको भाउ घट्दा चाँदी भने बढेको छ ।

हिजो बिहीबार प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार १ हजार ७ सय ६० रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *