ट्रकमा बसेर काठमाडौंतर्फ आउँदै गरेका ३६ वर्षीय उत्तम नागढुङ्गाबाट समातिए

Thankot Times

थानकोट ।

प्रहरीले चन्द्रागिरि नगरपलिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट एक जनालाई पक्राउ गरेकाे छ ।

अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ११ किलोग्राम सहित धादिङ रोराङ गाउँपालिका-९ बस्ने ३६ वर्षीय उत्तम ठकुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ९३३७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्रक चालक ठकुरीलाई पक्राउ गरेको हो ।

उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान जारी रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *