नेपाली बजारमा अण्डाको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा अण्डाको मूल्य घटेको छ।

माग घटेसँगै अण्डाको मूल्य घटेको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले बताए।

‘न्यूनत प्रतिक्रेट २० रूपैयाँदेखि ६० रूपैयाँले मूल्य घटेको छ,’ उनले भने।

उनका अनुसार साउन महिनाको सुरूआतदेखि नै अण्डा बिक्रीमा गिरावट आएको थियो। अण्डा नबिकेपछि थोरै-थोरै गरेर मूल्य घटिरहेको थियो तर संघले समर्थन भने जनाएको थिएन।

आइतबार संघले बैठक बसेर सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटेको जानकारी दिएको हो।

संघका अध्यक्ष विनोदका अनुसार साउनमा २५ प्रतिशतले अण्डा उपभोगमा कमी आएको थियो।

हाल बजारमा मध्यम, ठूलो र एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ।

नयाँ मूल्य अुनसार किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय २५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय  रूपैयाँ तोकिएको छ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ८५, ठूलो अण्डा पाँच सय  र एक्सेल अण्डा पाँच सय १० रूपैयाँ थियो। 

त्यस्तै उपभोक्ताका लागि भने अण्डा प्रति गोटा २० देखि २२ रूपैयाँ पर्छ। 

अण्डाको मूल्य घटेसँगै अण्डा उत्पादक किसान मर्कामा परेको उनले बताए।  

‘असारमा बढेपछि किसानले थोरै नाफा पाएका थिए,’ उनले भने, ‘अहिले घाटामा छौं।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *