नागढुङ्गा नाकामा यस कारण समातिए ३५ वर्षीय सुरेश
थानकोट ।
नागढुङ्गा नाकामा पछिल्लो समय दिनहुँजसो लागुपदार्थसहित मानिसहरू पक्राउ परिरहेका छन् ।
आइतबार दिउँसो नुवाकोट त्रिशुलीदेखि काठमाडौंतर्फ आउँदै एक बसबाट जीवन सन्ज्याललाई प्रहरीले गाँजासहित पक्राउ गरेको थियो ।
मंगलबार नागढुङ्गा प्रहरी प्रभाग र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले अर्का एक जना युवालाई पनि लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नागढुङ्गास्थित प्रहरी जाँच केन्द्रमा धरानदेखि काठमाडाैंतर्फ आउँदै गरेको बा. प्र.०१-००६ ख ५८८४ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्दा सो बसमा सवारझापा बाह्रदशी गाउँपालिका-६ का ३५ वर्षिय सुरेश थापा लागुऔषध खैरो हिरोईन समातिएका हुन् ।
थापाकाे साथबाट ९७.७ ग्राम लागुऔषध खैरो हिरोईन बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।















