नागढुङ्गा नजिकै सडकमा भीषण पहिरो, त्रिभुवन राजपथ पूर्णरुपमा अवरुद्ध

Thankot Times

थानकोट ।

नागढुङ्गा नाका नजिकै सडकमा पहिरो खसेको छ ।

पहिरोका कारण अहिले सवारी साधन पूर्णरूपमा रोकिएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।

पातलेवन चोक नजिक सडक माथिबाट पहिरो खस्ने क्रम जारी रहँदा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा रहेपनि पहिरो खस्ने क्रम नरोकिएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ।

बिहान करिब १०ः३० बजे पहिरो खस्न सुरु भएको बताइएको छ।

तस्बिरः मुस्कान क्षेत्री


Leave a Reply

Your email address will not be published. Required fields are marked *