पातलेवन नजिकैको पहिरो हटाउन अझै सकस

Thankot Times

थानकोट।

सडक माथिबाट पहिरो झरेपछि बुधबार बिहान करिब १० बजेबाट अवरुद्ध भएको त्रिभुवन राजपथको नागढुङ्गा-नाैबिसे सडक खण्ड अपरान्ह ४ः३० बजेसम्म पनि सुचारु हुन सकेको छैन् ।

राजधानी भित्रने र बाहिरिने प्रमुख सडक नाका नागढुङ्गा नजिकै खसेको पहिरो निरन्तर वर्षा जारी रहँदा हटाउन नसकिएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।

अहिले वर्षा केही कम भएपछि पहिरो पन्छाउन सुरु गरिएको छ ।

सडक अवरुद्ध हुँदा हजाराैं सवारी साधनहरू अहिले बीच बाटोमै रोकिएका छन् ।

तस्बिरः प्रहरी प्रभाग नागढुङ्गा


Leave a Reply

Your email address will not be published. Required fields are marked *