पातलेवनमा पहिराे: साँझ ५ बजेबाट एकतर्फी खुल्याे सडक, पहिराे खस्ने क्रम जारी
थानकोट ।
बिहान १० बजेबाट अवरुद्ध नागढुङ्गा-नाैबिसे सडक खण्ड साँझ ५ बजेबाट एकतर्फी सुचारु भएको छ ।
चन्द्रागिरि नगरपालिका-०२ नागढुङ्गा पातलेवनमा पहिराे खस्दा सडक अवरुद्ध भएको थियाे ।
पहिराे पन्छाएपछि सडक एकतर्फी खुलाइ यातायातका साधन पास गरिएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।
पहिराे खस्ने क्रम भने अझै जारी छ। प्रहरीले आलाेपालाे गरि सवारीसाधन अघि बढाइरहेको छ।
काठमाडौं भित्रने सवारीसाधनकाे लाम अत्यासलाग्दाे देखिएको छ भने काठमाडौंबाट बाहिरिने सवारीसाधनकाे लाम थानकोट सरस्वती स्थानसम्म आइपुगेको छ ।













