पातलेवनको पहिरोस्थलमा सडक एकतर्फी सुचारु, गल्छीमा पहिरो खस्दा सडक अवरुद्ध सञ्चालनमा

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा-नाैबिसे सडक खण्डको पातलेवन क्षेत्रमा बुधबार बिहान पहिरो जाँदा दिनभर अवरुद्ध भएको सडकमा साँझबाट सवारी साधनको सञ्चालन सुचारु भएको छ ।

अहिले सो क्षेत्रमा सडक एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।

ट्राफिक प्रहरीले सडकमा एकतर्फी सवारी साधन गुडाउन सहजीकरण गरिरहेको छ ।

पातलेवनचोकमा सडक माथिबाट ढुङ्गा, माटो र रुखसहितको पहिरो मुल सडकमा खस्दा सडक अवरुद्ध भएको थियो । जसका कारण राजधानी काठमाडाैं भित्रने र बाहिरिने सवारी साधन बीच बाटो मै रोकिएका थिए ।

उता पृथ्वी राजमार्ग अन्तर्गत आदमघाट, गल्छिस्थित सडकमा पहिरो खसेपछि सो क्षेत्रमा सवारी साधन सञ्चालनमा अवरोध पुगेको छ । बिहीबार बिहान सो सडकमा रुखसहितको पहिरो खसेको थियो । सशस्त्र प्रहरीले पहिरो पन्छाइ सडक सुचारु गराएको छ ।

तस्बिरः सुनिल आरडिएच


Leave a Reply

Your email address will not be published. Required fields are marked *