सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घट्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन एक हजार १ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।
अघिल्लो कारोबार दिन हिजो बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।














