मच्छेगाउँमा भदाै १४ र १५ गते हुने राष्ट्रिय लाखे नाच प्रदर्शनीका लागि गुरुङद्वयको १ लाख सहयोग

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका- ९ मच्छेगाउँस्थित नेपाल सांस्कृतिक कला मन्दिरले आयोजना गर्ने राष्ट्रिय लाखे नाच प्रदर्शनीका लागि समाजसेवी ईशा गुरुङ र सुनिता गुरुङले संयुक्त रूपमा १ लाख रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।

यसपटक भदाै १४ र १५ गतेका लागि सो कार्यक्रम तय भएको छ ।

सुनिता गुरुङ (इजरायल) र ईशा गुरुङ (बेलायत) परदेशमा कर्म गरिरहेपनि नेपालमा परोपकारको क्षेत्रमा क्रियाशील छन् ।

लाखे नाच प्रदर्शनी कार्यक्रममा यसपटक ४५ वटा जिल्लाका सहभागीहरू उपस्थित हुने आयोजक संस्थाको दाबी रहेको छ ।

गतवर्ष असोज ५ र ६ गते भएको सो प्रदर्शनीमा ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएका थिए ।

यसपटक सो प्रदर्शनीका लागि आफ्नो ठाउँको माैलिक कला र संस्कृति साटासाट गराैं नारा दिइएको छ ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *