सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *